ज्ञानज्योतिका सगुन भए सिएका नेपाल टपर

 

तुलसीपुर 5

ज्ञानज्योति माविबाट कक्षा १२ उत्तिर्ण गरेका सगुनजंग रानाले चार्टर अकाउन्ट (सिए) को परीक्षामा नेपाल टप गरेका छन् । इन्ष्टिच्युट अफ चार्टर एकाउन्ट अफ इण्डिया (आइक्यान) ले भर्खरै प्रकाशन गरेको नतिजा अनुसार परीक्षामा नेपालभरबाट समावेश भएका करिव ३ हजार विद्यार्थीमा उनले ७२.५७ प्रतिशत अंक ल्याएर राना नेपाल उत्कृष्ट भएका हुन् । उनले क्याप टुमा अहिलेसम्मकै नतिजालाई व्रेक गरेका हुन् । यो भन्दा अगाडि क्याप टुमा ७१ प्रतिशत मात्रै नतिजा ल्याएको इतिहास रहेको छ ।
उनले क्याप वानमा चौथो स्थान हासिल गरेका थिए । चार्टर एकाउन्टमा क्याप थ्री सम्म अध्यापन हुने गरेको छ । “नतिजाले मलाई निकै उत्साहित वनाएको छ ” रानाले भने । उनले ज्ञानज्योति माविबाट विज्ञान संकाय अन्तर्गत प्रदेशमै उत्कृष्ट अंक ल्याएको कलेजका प्राचार्य सुरेन्दै जिसीले वताए । उनले यो नतिजाबाट विद्यालयको उचाई समेत वढेको जानकारी दिए । “हामीले राष्ट्रिय स्तरमै प्रतिष्पर्धा गर्ने खालका विद्यार्थी निर्माण गरेका छौ भन्ने प्रमाण हो यो ” प्राचार्य जिसीले खुसी व्यक्त गरे ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर