मानब बेचबिखन मुद्दाका अभियुक्त पक्राउ
तुलसीपुर, ७ फागुन ।
मानब बेचबिखन मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले १६ बर्षीय बालकलाई ललाई फकाई भारत बेच्न लैजान लागेको आरोप लागेका तुलसीपुयर उपमहानगरपालिका वडा नं. ४ तल्लो हलवार निवासी ३६ बर्षीय काजु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
गएको बर्ष माघ २५ गतेदेखि फरार अभियुक्त तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरिएको हो । उनलाई बुधबार साँझ ४ बजेतिर पक्राउ गरिएको हो ।