बिजौरी उवासंघको निर्वाचन चुनाबमा ४ सय ५३ मत खस्यो
तुलसीपुर,८ फागुन ।
बिजौरी उद्योग वाणिज्य सघंको निर्वाचनमा ४ सय ५३ मत खसेको छ । बिहिवार बिहान साढे ९ बजेबाट सुरु भएको मतदान ४ बजे सकिएको हो । बिहीबार भएको निर्वाचनमा ४ सय ६३ मतदाता रहेकोमा ४ सय ५३ मत खसेको छ । निर्वाचन समितिका संयोजक प्रकाश रेग्मीका अनुसार बेलुका ७ बजे देखि मत गणना सुरु हुनेछ ।
सघंको नयाँ नेतृत्वका लागि बामपन्थीबाट प्यानलबाट अध्यक्ष पदमा प्रेमनाथ योगी, प्रजातान्त्रिक प्यानलबाट वीरेन्द्र खड्का र स्वतन्त्रबाट लेखनाथ खत्री (पुन्टे) निर्वाचनमा उत्रिएका छन् ।