दाङमा ६ महिनामा ३ सय जोडिको सम्बन्ध बिच्छेद

घोराही, ११ फागुन
दाङमा चालु आर्थिक बर्षको ६ महिनामा झण्डै ३ सय जोडिले सम्बन्ध विच्छेद गरेका छन् । दाङ देउखुरी जिल्ला अदालतको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ६ महिनामा दर्ता भएका ६ सय ८८ सम्बन्ध बिच्छेदका मुद्धा मध्य २ सय ९८ जोडिको सम्बन्ध बिच्छेद भएको छ ।
अघिल्लो बर्षको भदौ महिना देखी पुरुषलाई पनि सहजै अदालतमा सम्बन्ध बिच्छेदका लागि जान सक्ने कानुनी व्यवस्था सृजना गरेपछि मुद्धाको संख्या बढेको हो ।
चालु आर्थिक बर्षका २ सय ९१ मुद्धा फाच्र्यौट हुन बाँकी रहेकोमा १ सय ५३ पुरुष र एक सय ३६ महिलाले दिएका निबेदन रहेको अदालतका शाखा अधिकृत बसन्तराज जोशीले जानकारी दिनुभयो । बढ्दो बाल बिबाह, झैझगडा र बैदेशिक रोजगारीले सम्बन्ध बिच्छेदका मुद्धा धेरै आउने गरेको उहाँको भनाई छ ।
श्रीमानबाट पिडितहरु यस अघि अदालतमा जाने गरेका थिए भने पछिल्लो समय बनेको कानुन अनुसार श्रीमतीबाट पिडित पुरुषहरु समेत अदालतमा सम्बन्ध बिच्छेदका लागि जानेको संख्या उस्तै देखिएको छ ।।