दाङका स्वास्थ्यकर्मी भन्छन् ः‘यस्तोबेला समान्य कुरा लिएर स्वास्थ्य चौकी नआउनुस्’

दीपक बोहरा

तुलसीपुर, २७ चैत ।

अहिले विश्वभर कोरोना भाइरस(कोभिड–१९) को त्रास छ । नेपालमा पनि कारोना भित्रिएकाले उच्च सतर्कता अपनाउँदै सरकारले लकडाउन गरेको छ । यस्तो अबस्थामा स्वास्थ्य संस्थाहरुको भूमिका महत्वपूर्ण हुन्छ । कोरोना संक्रमण थप फैलिन नदिन तथा रोकथामकालागि दाङका स्वास्थ्यचौकीहरुले पनि आपतकालिन बाहेक अन्य सेवाबन्द गरेका छन् । तर नागरिकमा भने अटेरी छ ।

अहिले सामान्य खालका विरामी पर्दा पनि स्वास्थ्य संस्थामै आउने गरेको शान्तिनगर गाउँपालिका वडा नं. २ स्थित स्वास्थ्यचौकी बाघमारेका इञ्चार्ज कमल भण्डारीले बताए । ‘हामीले सामान्य–सामान्यविरामी भएमा स्वास्थ्य संस्थामा नआउने भनी सूचना नै टाँस गरेका छौं, पटक–पटक जानकारी पनि गराएका छौं’ उनले भने ‘ तर यहाँका नागरिकले अटेरी गरेर सामान्य समसयालिएर पटक–पटक स्वास्थ्य संस्थामाआउने गर्नुभएको छ , यसले कोरोना संक्रमणको जोखिम बढेको छ ।

अहिले कोरोना संक्रमणको त्रास भएको अबस्थामा त्यससंग सम्बन्धित लक्षण देखिएमा तथा अन्य आपतकालिन विरामीहरुलाई मात्रै स्वास्थ्यचौकीले हेर्ने गरेको उनले बताए । ‘ मुलुकमा कोरोनाको त्रास बढि भएकाले त्यो संग सम्बन्धि लक्षण देखिएमा विरामीको अबस्था हेरेर आइसोलेसनमा लैजान पहलगर्ने गरेका छौं, भने अन्य समस्या देखिएमा उपचार गर्ने गरेका छौं ।’ उने भने ।

मुलुकमा कोरोनाको संक्रमण बढिरहेको र यसलाई नियन्त्रणकालागि लकडाउन गरेको भएपनि धेरै नागरिकहरु एकै पटक स्वास्थ्य संस्थामाआएर भिडभाड गर्ने र सामाजिक दुरी कायमनगर्ने समस्या रहेको दंगीशरण गाउँपालिका स्थित ईलाका स्वास्थ्यचौकी हेँकुलीका इञ्चार्ज टेकबहादुर खत्रीले बताए । ‘एकातर्फ अहिले हामीसंग हाम्रो व्यक्तिगत सुरक्षाकालागि पिपिइ अभाब छ’ उनले भने ‘ त्यसले गर्दा पनि हामी सुरक्षित छैनौं, अर्को तर्फ यसरी सामान्य हात दुखेको , खुट्टादुखेको, दाँतदुखेको, जस्ता विरामीहरु आउनु हुन्छ, यसले हामीलाई पनि निकै समस्या बनाएको छ ।’

सामान्य खालका विरामीलाई आपतकालिन र कोरोनाको लक्षण देखिएका जस्ता विरामीलाई मात्रै उपचार गर्ने र अन्य विरामीहरुको उपचार नहुँने भनेर समझाएर पठाउँदा झनै आक्रोस पोख्ने गरेको बबई गाउँपालिका वडा नं. ३ स्थित स्वास्थ्यचौकी पञ्चकुलेका इञ्चार्ज हेमराज वलीले बताए । ‘हामीले सामान्य विरामीलाई अहिले हेर्दैनौं, ठूलो खालको विरामीलाई मात्रै हेर्ने गरेका छौं, अहिले हामीसंग आबश्यक पिपिइपनि छैन, त्यसैले हामीपनि जोखिममा छौं, भनेर विराममीलाई सम्झाएर पठाउँछौं’ उनले भने ‘यसरी सम्झाएर पठाएपनि गाउँमा गएर स्वास्थ्यचौकीमा विरामीपनि नहेरेर पठाउछन्, भन्ने जस्ता गुनासोहरु आउने गरेको छन्, यसले गर्दा हामीलाई निकै अफ्टेरो हुने गरेको छ ।’

अहिले सीमित मात्रामा पिपिई हुँदा आफुहरुले पनि आबश्यकता अनुसार मात्रै प्रयोग गर्ने गरेको उनको भनाई छ । अर्को तर्फ अहिले स्वास्थ्य संस्थामा पनि सीमित जनशक्तिले मात्रै सेवा प्रदान गर्दै आएको स्वास्थ्य संस्थाहरुले बताएका छन् । विरामीहरु बिगत भन्दा तुलनात्मक रुपमा कम आउने भएकाले थोरै जनशक्तिले कामगरिरहेको स्वास्थ्यचौकी बाघमारेका इञ्चार्ज कमल भण्डारीको भनाई छ । ‘अहिले हामीले सीमित जनशक्तिले मात्रै कामगर्दै आएका छौं’ उनले भने ‘यस्तो बिषम परिस्थितमापनि सेवाप्रवाह गर्नुपर्ने भएकाले आलोपालो गरेर सीमित जनशक्तिले कामगर्दै आएका छौं ।’

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर