लकडाउनको सदुपयोग : राप्ती बबईमा अनलाईनबाटै पढाई

दीपक बोहरा

तुलसीपुर, २८ चैत ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन तथा रोकथामकालागि गरेको लकडाउनको समयलाई मध्यनजर गर्दै दाङ तुलसीपुर स्थित राप्ती ववई क्यम्पसका विद्यार्थीहरुलाई अनलाईनबाट पठन–पाठन गराउन सुरु गरिएको छ ।

व्यबस्थापन शंकायको स्नातकोत्तर तह(एमबिएस) दोस्रो सेमेस्टरका विद्यार्थीहरुलाई अनलाइनबाट पठन–पाठन सुरु गरिएको हो । सहायक क्याम्पस प्रमुख सूर्यप्रसाद शर्माले लेखा बिषयको अनलाईनबाट पठन–पाठन गराईरहेका छन् । ‘लकडाउनले विद्यार्थीहरु खाली बस्नुपर्ने अबस्था आयो, त्यसैले विद्यार्थीहरुकै माग अनुसार हामीले अनलाईनबाट कक्षा लिन सुरु गरेका छौं’ उनले भने ‘ यसले विद्यार्थीहरुको समय सदुपयोग भएको छ ।’

विद्यार्थीहरुको प्रत्येक समय महत्वपूर्ण हुने भन्दै समयलाई व्यबस्थापन गर्नकालागि अनलाईनबाट कक्षा दिन थालिएको उनको भनाई छ । बुधबारदेखि कक्षा सुरु भएको उपप्राध्यापक शर्माको भनाई छ । अहिले एमबिएसका केही बिषयका परीक्षा भईसकेको र लेखाको परीक्षा बाँकी रहेकाले पुनःस्मरणकालागि कक्षा लिईरहेको उनको भनाई छ ।‘केही बिषयका परीक्षा भईसक्यो तर लकडाउनले गर्दा लेखा लगायतका बिषयको परीक्षा बाँकी छ’उनले भने ‘ बाँकी बिषयको परीक्षा कहिले हो निश्चित छैन्, त्यतिबेलासम्म विद्यार्थीले पढेको कुरा नबिर्सिउन्, भन्नकाागि यो कक्षा लिईएको हो ।’

दैनिक एक घण्टा सञ्चालन हुने उक्त कक्षा घरम बसिबसी पढ्न पाईने भएपछि विद्यार्थीहरुले पनि यो कक्षा उपयोगी भएको बताएका छन् । दाङ हापुरे बस्दै आएका विद्यार्थी विरेन्द्र ओलीले भन्नुभयो‘लकडाउनको बेला कसरी दिन विताउने भन्ने थियो, अनलाईनबाट कक्षा लिएपछि दिन विताउन पनि सहज भएको छ ।’ आफु एक बैंकमा जागिरे पनि भएको भन्दै समय नियमित क्याम्पस पुग्न समया हुने गरेको अबस्थामा अनलाईन कक्षाबाट पढाई हुदा आफुलाई निकै फाईदा भएको उनको भनाई छ ।

बढदो प्रबिधिसंगै यसको प्रयोग गरेर पनि धेरै फाईदा लिन सकिने भन्दै दाङमा यस्ता खालका कक्षा सञ्चालन हुनु राम्रो अभ्यास भएको भन्दै प्रशंसा समेत गर्ने गरिएको छ । सहायक क्याम्पस प्रमुख शर्माले अहिले आफुले पनि अनलाईनबाट धेरै कुराहरु सिक्ने अबसर पाएको बताएका छन् । ‘मुलुकमा विज्ञान र प्रबिधि तीब्र रुपमा भित्रिएको छ’ उनले भने ‘यसको सही सदुपयोग गर्न सक्ने हो भने शिक्षामा पनि राम्रो प्रभाब पार्न सक्छ, अहिले मैले पनि घरमै बसेर हरेक बिषयको कक्षा लिइरहेको छु ।’ अहिले क्याम्पसमा पनि अनलाईनबाट पढाउने पहिलो अभ्यास भएको उनले बताए ।

राप्ती ववईका विद्यार्थीलाई अनलाईनबाटै तालीम

बैशाख १ गतेदेखि राप्ती ववईका विद्यार्थीलाई अनलाईनबाटै तालीम प्रदान गरिने भएको छ । सहायक क्याम्पस प्रमुख शर्माका अनुसार स्नातक र स्नातकोतरका सबै बिद्यार्थीहरुलाई अनलाईनबाटै तालीम प्रदान गरिने छ ।

लकडाउनको समयमा फुर्सदमा बसिरहेका विद्यार्थीहरुलाई मध्येनजर गरि अनलाईनबाट बिभिन्न शीर्षकमा तालीम दिन लागिएको उनले बताए । राप्ती बबई क्याम्पस पश्चिम दाङको पूरानो सामुदायिक क्याम्पस रहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर