कारोना अस्पताल बेलझुण्डीमा पाँचवटा आइसियु, प्रादेशिक अस्पतालबाट सहयोग

तुलसीपुर, २८ चैत ।

बेलझुण्डी स्थित कोरोना बिशेष अस्पतालमा आइसियु सेवा सुरु भएको छ । अस्पतालमा मेसु डा. सर्वेश शर्माका अनुसार राप्ती प्रादेशिक अस्पतालका ५ वटा आईसियु, दुइवटा भेन्टिलेटर र तीन वटा मोनिटर कोरोना बिशेष अस्पतालमा जडान गरिएको छ । यी सामग्री माग गरि टेण्डर आह्वान गरिएको भएपनि उच्च रेट भएपछि टेण्डर स्थगित गरिएको भन्दै अहिले प्रादेशिक अस्पतालका सामग्री लगेर काम चलाईरहेको उहाँको भनाई छ ।

अहिले अस्पतालमा दुईजना चिकित्सकसहित ४०÷४५ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत रहेको उनले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर