विपन्न परिवारलाई राहत वितरण
नारायणपुर, २८ चैत ।
दाङ घोराही उपमहानगरपालिका वडा नं. १० को झारबैरा र सिस्वानी क्षेत्रमा रहेका विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
नेपाली कांग्रेस साविक त्रिपुर नगर कमिटी सभापति दीपक पाण्डे तथा कार्य समितीको समन्वयमा त्यहाँका १७ घर परिवारलाई राहत हस्तान्तरण गरिएको हो ।
घोराही १२ हापुर झगरवाकी रिता केसी, घोराही १० नारायणपुरका अशोक शर्मा , घोराही १२ बडहराका पदम बहादुर भन्डारी, शुबादेवी भण्डारी, रोबर बहादुर रावत, महेश लम्साल लगायतको संयुक्त टोलीले संकलन गरेको राहत ती परिवारलाई उनीहरूको घरमै पुगेर वितरण गरिएको हो ।
कोरोना भाइरसको जोखिमका कारण लकडाउन गरिएपछि ज्याला मजदुरी गरि गुजारा गर्ने विपन्न परिवारको दैनिक कष्टकर बन्दै गएपछि राहत वितरण गर्ने क्रम जारी छ ।