युवाहरुद्वारा राहत प्रदान
तुलसीपुर, ३० चैत ।
लकडाउनको समयमा दैनिकी चलाउन समस्या भएका तर खाद्यान्न सामग्री नपाएकाहरुलाई राहत प्रदान गरिएको छ । तुलसीपुरका युवा व्यवसायी तथा समाजसेवी माधव बुढाथोकी, गोपाल ओली (प्रविन) र हरिस गिरीलगायत युवाहरूको सक्रियतामा राहत वितरण गरिएको हो ।
स्थानीय सरकारबाट राहत नपाएका, विपन्न , अपाङ्ग र एकल महिलालाई राहत वितरण गरिएको हो । गणेशपुर, कृष्णमन्दिर, रानागाउँ, हात्तीखौवालगायतमा गरि ६०० किलो चामल र ३० लिटर तोरीको तेल सहयोग गरेका थिए ।
आगामी दिनमा पनि यस्तो सहयोग गर्ने उनीहरुले प्रतिबद्धता जनाए । उक्त कार्यमा घनश्याम पुन र जलन खड्काले पनि सहयोग गरेका थिए । सरकारले बाडेको राहतमा बास्तविक पीडितसम्म नपुग्नु दुःखद कुरा भएको उनीहरुको भनाई छ । यस्तो अबस्थामा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनीहरुले बताएका छन् ।