तुलसीपुरका मस्जिदहरुको अनुगमन

सुरेश श्रेष्ठ

दाङ, ७ वैशाख ।

तुलसीपुर उपमहानगरपालिकाले यहाँका विभिन्न मस्जिदहरुको अनुगमन गरेको छ । देशका विभिन्न भागमा रहेका मस्जिदहरुमा संक्रमित मुस्लिमहरु लुकेर वसेको भन्ने सूचनाका आधारमा अनुगमन गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिका भित्र ३ वटा मस्जिदहरु रहेका छन् । तिनवटै मस्जिदको अनुगमनका क्रममा कोही पनि लुकेर वसेको पाएको थिएन । नगरप्रमुख घनश्याम पाण्डे, प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा अपार, संविधान सभा सदस्य अनारकली मियाँ ,वडा नं ५ का वडा सदस्य सुरेश कुमार श्रेष्ठ ,पत्रकार ,मानवअधिकार तथा शान्ति समाज ,सम्वाद समूह दाङ ,रेडक्रस लगायतले अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा मस्जिदमा मौलाना (पुजारी) मात्रै रहेको पाइएको नगरप्रमुख पाण्डेले वताए । उनले तत्काल कोही भारत गएको या नगएको भन्ने वारेमा जानकारी दिएको समेत वताए । मुस्लिम समुदायका मानिसहरुले कोरोना संक्रमण वढेसँगै घरमै वसेर नमाज पढ्न थालेको वताएका थिए । उनीहरुले विभिन्न समुदायबाट आफुहरुप्रति गलत दृष्टिकोण राखिएको समेत वताए ।

मस्जिदमा कोही पनि नआएको भन्दै कोरोना संक्रमणका वारेमा आफुहरु जानकार रहेको कुरामा जोड दिए । तुलसीपुरमा वडा नम्वर ५ पुरानो वसपार्कमा नेपाली जामे मस्जिद,अबु बकर मस्जिद र फैजाने मुस्तफा लगायतका ३ वटा मस्जिदहरु रहेका छन् । हरेद दिन नमाज पढ्नका लागि मस्जिदहरुमा मुस्लिमहरु आउने गरेको भएपनि कोरोना संक्रमणको त्रास पश्चात भने पूर्ण रुपमा वन्द रहेको मियाँले जानकारी दिए ।

उनले तुलसीपुरबाट कोही पनि मुलसमान वाहिर नगएकोले संक्रमणको त्रास नभएको समेत वताए । अनुगमनमा क्रममा उनीहरुले जुनसुकै वेला पनि मस्जिदको अनुगमन गर्न सकिने वताएका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर