नेपालमा थप एकजनामा कोरोना पुष्टि
काठमाडौं, ९ वैशाख ।
नेपालमा एकजना थप कोरोना संक्रमित फेला परेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणपछि एकजनामा कोरोना पुष्टि भएको हो । उनी उदयपुरका ३३ वर्षका नागरिक भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । उदयपुरमा अहिले ३२० जनाको पीसीआर विधिद्वारा परीक्षणका लागि स्वाब संकलन भएको छ ।
उदयपुरको भुल्केमा थप ८ जनामा कोरोना संक्रमण देखिएको आशंकापछि उनीहरुलाई एम्बुलेन्समा धरान लगिएको छ ।