तुलसीपुरमा अलपत्र यात्रुलाई खानेपानी
दाङ , १२ वैशाख ।
दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाले लकडाउनको मारमा परेका यात्रु तथा लकडाउन कार्यान्वयनकालागि खटिनेहरुलाई निःशुल्क खानेपानी उपलब्ध गराएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको क्यारेन्टाइन, लकडाउनका कारण अलपत्र परेका यात्रुहरु, सुरक्षाकर्मी, यात्रुहरुको उद्दारमा खटिएका विभिन्न संघसंस्थाका पदाधिकारीहरुलाई निःशुल्क खानेपानी उपलब्ध गराउने अध्यक्ष खेमराज वलीले बताए ।
लकडाउनको अबधीभर यो सेवालाई निरन्तरता दिने कोषाध्यक्ष सिताराम शर्माले बताए ।‘हामीले लकडाउनको समयमा हरेक क्षेत्रमा समस्या देखिएपछि खानेपानीले निःशुल्क रुपमा पानी उपलब्ध गराउने निर्णय ग¥यौं’ उनले भने‘ सोही अनुसार अहिले यात्रुहरुलाई निःशुल्क खानेपानी उपलब्ध गराइरहेका छौं ।’
क्यारेन्टाइनहरुमा र लकडाउनका कारण अलपत्र परेका तुलसीपुर भएर जाने नागरिकका लागि चौकमा मिनरल वाटरको व्यवस्थापन गरिएको सस्थाका सदस्य रञ्जनकुमार गौतमले बताए ।
उनले यो संकटको बेला सबैको साथ, र सहयोगले मात्रै सफल हुन सकिने भएकाले सस्थाको तर्फबाट यो कार्य गरिएको उनको भनाई छ । उनले आम नागरिकहरुले सहज रुपमा खानेपानी पाउनु पर्ने अवस्था रहेको र लकडाउनमा फसेकाहरुलाई मानवीय नाताले सख्याको तर्फबाट पानीको व्यवस्था गरिएको बताए ।