अपाङ्गता भयका ब्यक्तिहरुको अवस्था
बसन्ती ओलि,
बैशाख १७ दाङ्ग।
अपाङ्गता भनेको शारीरिक ,मानसिक ,बौद्धिक वा इन्द्रिय सम्बन्धी दीर्घकालीन अशक्तता कार्यगत सिमितता वा बिधमान अवरोधको कारण अन्य ब्यक्ति सरह काम गर्न नसक्नु पुर्ण प्रभावकारी ढंगले समाजिक जिबनमा सहभागी हुन कठिन हुने ब्यक्तीहरु हुन। नेपालको राष्ट्रिय जनगणना अनुसार 2068 अनुसार नेपालमा 1.94 ./. अपाङ्गता भयका ब्यक्तिहरु रहेका छ्न। अपाङ्गता भयको ब्यक्ती हरुको सामाजिक आर्थिक अबस्था अन्य ब्यक्तिहरुको तुलनामा कमजोर रहेको छ। अपाङ्गता भित्र पनि बौद्धिक अपांगता अटिजम मनोसामाजिक अपाङ्गता श्रवन दृष्टिविहिन अपाङ्गता भयका र कैयौं पुर्ण अशक्त अपाङ्गता भयका ब्यक्तीहरु समाजमा पछाडी परेका छन। उनीहरु अझै पनि दयनिय अबस्थामा छन। यसमा सबैको ध्यान जावोस। अपाङ्गता भयका ब्यक्तिहरुको लागि काम गर्ने उनीहरुलाई पहुच योग्य बाताबरण बनाउने भनि विभिन्न संघ सस्था स्थानीय सरकार, प्रदेश सरकार , राज्य सरकार भयता पनि अझै पहुच योग्य हुन सकेको छैन। विस्व भरी तिब्र गतिमा कोरोना भाइरस (Covid 19) महामारीको रुपमा फैलिरहेको छ। सरकारले लकडाउन गरेको छ। अपाङ्गता भयका ब्यक्तिहरुलाइ दैनिक समस्या आइरहन्छ। तर यो लकडाउनको समयमा झनै समस्या परिरहेको छ। यो समयमा अपाङ्गता भयका ब्यक्तीहरुको लागि जति ऐन नियम कानुन उल्लेखित भय पनि लागु भयको छैन। अपाङ्गता भयका ब्यक्तिको लागि स्वास्थ्य परिक्षण हुन राहत र विभिन्न सेवा सुबिधा हुन सकेको छैन । खोजीनीति भयको छैन । के अपाङ्गता भयका ब्यक्तिहरुलाइ रोग लाग्दैन र। यसमा ध्यान जान जरुरि देखेको छु। अपाङ्गता भयका पुरुष र महिलाको तुलनामा महिलाको अवस्था अझ पछाडी परेको छ। अझ भन्नू पर्दा घर परिवार समाज को कुदृष्टी र अपहेलितले पिडित भयको पाइन्छ। अपाङ्गता भयका ब्यक्तिहरुको जिबन स्तरमा वृद्धि ,रोजगारिमा पहुच ,समाबेशी र निशुल्क शिक्षा , निशुल्क स्वास्थ उल्लेखित भयता पनि लागू हुन सकेको छैन। कति पय अपाङ्गता भयका ब्यक्तिहरुलाइ आफ्नो हक अधिकार के हो थाहा छैन । थाहा पाय पनि पाउन सकेका छैनन। शब्द मात्र र भाषनमा सिमित छ। अपाङ्गता भयका ब्यक्तीहरुले पनि उदाहरणिय काम गरेका छ्न । समाज र देशमा उदाहरणिय बनेका छ्न ।हो अपाङ्गता भयका ब्यक्तिले पनि केही गरेर देखाउन सक्छन् यो समाज र देशका अङ्ग हुन । ऎन कानुनमा मात्र होइन । ब्यबहारमा पनि लागू हुनु पर्छ। यी सबै कुराहरुको सुनिस्चिताको लागि खण्डिकृत तथ्यांक बिशिष्टिकृत अध्ययन अनुसन्धान गरि उनिहरुको शिक्षा स्वास्थ्य रोजगारि स्वरोजजारिमा पहुच अभिबृदी गर्दै सामाजिक ,राजनीति र आर्थिक अबस्थामा परिवर्तन गर्नु आजको आवश्यकता रहेको छ।