दाङका चार नाकामा कडाई गरिने

दाङ, २२ वैशाख ।

छिमेकी जिल्ला बाँकेमा १६ जना र रुपन्देहीमा एक जनामा कोरोना पुष्टि भएपछि दाङमा पनि उच्च सतर्कता अपनाईएको छ । जिल्ला शंकट व्यबस्थापन केन्द्रको सोमबार बसेको बैठकले दाङका चारवटा नाकामा थप कडाइ गर्ने निर्णय गरेको छ । अहिले ति नाकामा प्रहरी चौविसै घण्टा खटिएको भन्दै अब स्वास्थ्यकर्मीलाई पनि चौविसै घण्टा खटाउने निर्णय भएको छ ।

बैठकले अमिलिया , भालुवाङ, कोइलावास र हापुरेको नाकामा हेल्थ डेस्क स्थापना गरि स्वास्थ्य जाँच गर्नुकासाथै अनाश्यक रुपमा भित्रिने र वाहिरिने सवारी साधनलाई कडा कारवाही गर्ने निर्णय भएको छ । अत्तिआबश्यक बाहेक कुनै पनि सवारी साधन सञ्चालन गर्न नदिने निर्णय भएको उनले बताए ।

त्यस्तै दाङमा सञ्चालित दुईवटा सिमेन्ट उद्योगका मजदुरहरु तथा मस्जिदहरुमा समेत ¥यापिड टेष्ट गर्ने निर्णय गरेको जिल्ला शंकट व्यबस्थापन केन्द्रका सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका कार्यबहाक प्रमुख नबराज लामिछानेले बताए । साथै बैठकले बेलुका ७ बजे देखी बिहान ५ बजेसम्म पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा बन्द गर्ने समेत बैठकले निर्णय गरेको छ ।

बैठकले लकडाउनको पालनामा नागरिकहरु जिम्मेवार नदेखिएको भन्दै अनुशासित बनि रोगसंगको प्रतिकार्यमा जुट्न अपिल समेत गरेको छ । यसैगरी, राहत बितरणलाई थप प्रभावकारी बनाउदै मजदुर तथा विपन्न परिवारको छाक बस्ने अबस्था आउन नदिने निर्णय भएको छ । बैठकले ¥यापिड टेष्ट गर्ने कार्यलाई व्यापक बनाउने निर्णय गरेको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर