बेलझुुण्डीमा विरामी राख्नुस्, प्रतिष्ठानमा परीक्षण मात्रै गुर्नुस् ः मन्त्री बराल

दाङ, २३ वैशाख ।

प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराले बेलझुण्डी स्थित कोरोना बिशेष अस्पतालमा कोरोनाका बिरामी तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षणकालागि मात्रै प्रयोग गर्न अनुरोध गरेका छन् । प्रतिष्ठान र बेलझुण्डी अस्पतालको अवलोकन पश्चात उनले यस्तो बताए । यसरी सेवा प्रवाह गर्न सके विरामीले पनि प्रभाबकारी सेवा पाउने उनको भनाई छ ।

मन्त्री बरालले प्रतिष्ठानमा एउटा मात्रै कोरोना ‘पोजेटिभ केश’ आएमा सबै सेवा प्रभावित हुने भन्दै कोरोनाका पोजेटिभ केशहरु पनि बेलझुण्डी अस्पतालमै राख्ने गरि व्यबस्था मिलाउन अनुरोध गरे । अहिले प्रतिष्ठानमा अन्य विरामीको पनि चाप हुने गरेको यहाँको जनशक्ति र उपकरणको बेलझुण्डीमा लगेर सेवा दिन सकिएमा प्रतिष्ठानको जेनरल सेवा जारी रहने बताए ।

साथै उनले पिसिआर मेसिन राख्नेदेखि र त्यसको जाँच प्रक्रिया सुरक्षित रहेको समेत बताए । आबश्यक भिटिएम उपलब्ध गराउने समेत उनको प्रतिबद्धता थियो । उनले सुरक्षित तरिकाले काम गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिएका छन् ।

प्रतिष्ठानको अबस्थाका बारेमा अस्पताल निर्देशक डा.सागर पन्थी, डिन डा. बसन्त लामीछाने र कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देबले जानकारी गराएका थिए ।

प्रतिष्ठानका पदाधिकारीले लकडाउनमा पनि अस्पतालमा बिरामीको चाप बढेको बताएका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर