दाङमा तीनसय ८३ प्वाइन्ट रगत संकलन

प्रकाश डाँगी

तुलसीपुर, २८ वैशाख ।

दाङ जिल्लामा रगत अभाव हुन नदिन जिल्लामै पहिलो पटक ग्रामिण क्षेत्रमा रहेको गोल्टाकुरीमा रक्तmदान कार्यक्रम सम्पन्न भएको छ ।

कोरोना संक्रमनको भयावह अवस्था र लकडाउनको विच पनि दाङ रेडक्रसले शहर केन्द्रित रहेको रक्तदान कार्यक्रमलाई जिल्लामा पहिलो पटक दंगिशरण गाँउपालिकाको गोल्टाकुरीमै पुगेर रक्तदान कार्यक्रम आयोजना गरि ग्रामिण क्षेत्रमा रहेका नागरीकहरुलाई समेत रगतको मह्त्व र रगत संकलन गर्ने कार्य गरेको भन्दै दंगिशरण गाँउपालिकाका अध्यक्ष भागिराम चौधरीले रक्त सञ्चार केन्द्र र नेपाल रेडक्रस सोसाईटी दाङलाई धन्यवाद समेत दिएका छन ।

दंगीशरण गाँउपालिकाको गोल्टाकुरीमा रहेको स्वास्थ्य केन्द्रमा बैशाख २७ आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदाताहरुले जिवनमा पहिलो पटक रक्तदान गरेको भन्दै आफ्नै ठाउमा रक्तदान गरी कसैको जिवन बचाउने कार्यमा सहभागी हुन पाउदा आफुहरु निकै आभारी भएको वताउदै आगामी दिन रक्तदानको मह्त्वलाई बुझाउन सकियो भने जिल्लामा रगत अभाव नहुने वताएका थिए ।

रक्तदान कार्यक्रममा गाँउपापलका अध्यक्ष भागिराम चौधरी वार्ड अध्यक्षहरु तुल्सीराम देवकोटा, श्रीप्रसादचौधरी वार्ड सदस्य नन्दराम केसी ,त्यस्तै स्थानिय युवाहरु ,प्रहरी, स्वास्थ्यकर्मी ,पत्रकार लगाएत बिभिन्न व्यक्तीहरुले रक्तदान गरेका थिए ।

दाङमा तीनसय ८३ प्वाइन्ट रगत संकलन

दाङमा लकडाउन अवधि भर तीन सय ८३ प्वाइन्ट रगत संकलन भएको छ । चैत ११ गतेपछि बैशाख २८ गते बिहन १२ बजे सम्मको तथ्याङक अनुसार तुलसीपुरमा १ सय ७२ घोराहीमा २ सय ११ गरी कुल जम्मा तीनसय ८३ प्वाइन्ट रगत संकलन भएको हो ।

घोराहीमा २ सय ५८ र तुलसीपुरमा १ सय गरी जम्मा ३ सय ५८ प्वाइन्ट रगत सप्लाई भएको रक्तm सञ्चार केन्द्र दाङका प्रमुख दिलिप न्यौपानेले वताए ।

देशमा चैत्र ११ गतेदेखि कोरोना संक्रमन फैलिन नदिन भन्दै घोषणा गरिएको लकडाउनको विचमा संस्थागत तर्फ त्रिभुवन नगर जेसिस घोराहीले १० प्वाईन्ट अनेरास्वियु घोराही ५२ प्वाईन्ट सन्त निरंकारी मण्डल घोराही ९ त्रिभुवन नगर जेसीस घोराही र दारी ग्याँङ ४१ क्यान महासंघ ५ जना सिडिइएम ५ नं प्रदेश १० जना रोट्रयाक तुलसीपुर १७ जना सन्तनिरंकारी मण्डल तुलसीपुर १५ भिस्म स्मृति प्रतिस्ठान बिजौरी २१ रास्ट्रिय युवा संघ १९ तुलसीपुर बैंकर्स क्लव ५ तुलसीपुर उधोग बाणीज्य संघ १० जना अनेरास्ववियु दाङ ९ र दंगीशरण गाँउपालिका दाङ २६ गरी जम्मा २ सय ५५ प्वाईन्ट रगत संस्थागत रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रमबाट रगत संकलन गरिएको छ भने व्यक्तीगत रुपमा यो विचमा १ सय २८ जना स्वयंसेवी रक्तदाताहरुले घोराही र तुलसीपुरमा रहेका रक्तसञ्चार केन्द्रहरुमा गएर रक्तदान गरेको रक्त सञ्चार केन्द्र दाङका प्रमुख दिलिप न्यौपानेले वताए ।

उनका अनुसार आउदा दिनहरुमा आफुहरु निरन्तर जिल्लामा रगत अभाव हुन नदिन लागि परेको भन्दै सबै स्वयंसेवी रक्तदाता र संस्थागत रुपमा रक्तदान गर्न ईच्छुक संस्थाहरुलाई आफुहरुले निरन्तर आग्रह समेत गरिरहरको बताए ।

यो विचमा जिल्लामा रगत अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय संग समन्वयमा रहदै जिल्लामा रगत अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटीले आफ्ना गतिबिधि बढाईरहेको रेडक्रस दाङका सभापती नारायण आचार्यले वताए । जिल्लामा रगत अभाव हुन नदिन बिभिन्न स्वयंसेवी रक्तदाता र रक्तदान गर्ने संघ संस्थाको नियमित सम्पर्कमै आफुहरु निरन्तर रहेको भन्दै सभापती आचार्यले जिल्लामा रगत अभाव हुन नदिन सबै स्वयंसेवी रक्तदाता र संस्थाहरुलाई आग्रह समेत गरे ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर