मोबाइल छाड्नै नसक्ने बालबालिकालाई मोबाइलमै अध्ययन

लकडाउन मा घरभित्रै बस्नु पर्ने बाध्यताले बालबालिकालाइ पनि उत्तिकै असर परेको छ |घरमै बस्नु पर्ने बाध्यताले बालबालिका टिभी र मोबाइलमा समय बिताउने गर्दै छन |

मोबाइल छाड्नै नसक्ने बालबालिकालाई मोबाइलमै अध्ययन गराउन र उनीहरुको अध्ययनलाइ निरन्तरता दिन नेपाल सरकारले ‘रमाइलो पढाइ‘ नामक मोबाइल एप तयार गरेको छ |

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युएसएडको सहकार्यमा एकदेखी तीन कक्षासम्मका विद्यार्थीका लागि आवश्यक अध्ययन सामग्री राखेर यो एप तयार गरिएको छ |

साना बालबालिकालाइ लक्षित गरि अडियो तथा भिडियो अध्ययन सामग्री संगै कथा, कविता, तस्बीर, पिडीएफ फाइल समेत उपलब्ध छन् |

यो एप बालबालिकालाइ मात्र नभई शिक्षक र अभिभावकलाइ समेत लक्षित गरि तयार गरिएको छ | यसमा उपलब्ध रेडियो म्यासेज, रेडियो जिंगल, रेडियो कार्यक्रममार्फत शिक्षक तथा अभिभावकले आफ्ना बालबालिकालाई सहज रुपमा कसरी पढाउने समेत सिकाएको छ।

उक्त रेडियो म्यासेज नेपाली, अवधी, भोजपूरी, मैथली, गुरुङ, लोवा, दाङ थारु, राना थारु, बर्दिया–कैलाली थारु, डोटेली र नेवारी भाषामा उपलब्ध छ । एक पटक उक्त एप डाउनलोड गरेसँगै शिक्षक, अविभावक र विद्यार्थीले त्यसमा रहेको सामग्रीमा पहुँच राख्न सक्नेछन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर