भारतीय अतिक्रमणबारे भारतीय राजदूतलाई बोलाएर सरकारले लियो स्पष्टिकरण
काठमाडौँ । सरकारले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे स्पष्टिकरण लिएको छ ।
सिहदरवारस्थित परराष्ट्र मन्त्रालयमा बैशाख २९ गते बिहान ११ बजे आउनु भएका राजदूतसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली, सचिव शंकर वैरागीसहितका पदाधिकारीले भेट गरि आवश्यक जानकारी समेत लिएको छन।
लिपुलेक अतिक्रमण गरी सडक बनाएकोबारे नेपालमा विभिन्न पक्षबाट तीव्र विरोध भइरहेको छ । नेपाली भूमि लिपुलेक भएर चीन जोड्ने सडक भारतले उद्घाटन गरेपछि नेपाल सरकारले कडा आपत्ति जनाएको छ ।