चलचित्र पत्रकार संघ नेपाल दाङ्गले जेष्ठ ७ मा रक्तदान कार्यक्रम गर्ने
भुपेश वली,
बैशाख ३० दाङ्ग ।
चलचित्र पत्रकार संघ नेपाल दाङ्ग शाखले आज अनलाइन मिटिङ्ग सम्पन्न गरेको छ ।
संघका अध्यक्ष शिब पुनको अध्यक्षता मा सम्पन्न अनलाइन मिटिङ अन्तरगत अहिलेको बिषम परिस्थितीमा Blood bank मा Blood को अभाबलाई परिपुर्ती गर्ने उदेश्यका साथ आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको हो । रेडक्रसको सहकार्यमा गरिने रक्तदान कार्यक्रममा चलचित्र पत्रकार या अन्य पत्रकार मात्र नभइ इच्छुक अन्य जो कोही पनि सहभागी भइ रक्तदान गर्न सक्ने संघका अध्यक्ष शिब पुनले जानकारी दिनुभयो । उक्त अनलाइन मिटिङमा उपस्थित संघ का अध्यक्ष शिब पुन लगाएत सचिब पुर्ण केसी “मुस्कान” कोषाध्यक्ष तिर्थराज चौधरी, सह सचिब निरला अर्याल गैरे, सदस्यहरु भुपेश वली र राजेश खत्रीको उपस्थितीमा अहिलेको समयलाई मध्यनजर गर्दै अनलाइन मिटिङ सम्पन्न गरिएको हो ।