प्रदेश नं. ५ का मुख्यमन्त्री पोखरेलद्वारा प्रतिष्ठानको आइसियु उद्घाटन
तुलसीपुर, ३१ वैशाख ।
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियु सेवा उद्घाटन गरेका छन् । बुधबार प्रतिष्ठानको निरीक्षण गर्नुकासाथै सेवा उद्घाटन गरेका हुन् । उनले प्रतिष्ठान पीसीआर मेसिन, भेन्टिलेटरसहितको एनआइसियु र पिआइसियुको निरिक्षणसहित निरीक्षण गरेका हुन् ।
त्यस अवसरमा उनले अस्पतालको सेवा बिस्तार र चिकित्सा शिक्षाका लागि जग्गा प्राप्तीदेखि हरेक कुरामा स्थानीयले सहयोग गर्नुपर्ने बताए । उनले प्रतिष्ठानलाई रेफर सेन्टरका रुपमा विकास गर्न नहुँने समेत बताए ।