लकडाउनमा साहित्य सिर्जना
मिना खड्का,
दाङ ५ जेठ ।
३ मुक्तक जस्तो अाउछ समस्या सुल्झाउन सक्नुपर्छ पिडामा पनि खुसी रुचाउन सक्नुपर्छ सधैं यस्तै यस्तै भनेर सम्झाउनु हुन्छ अामा जे छ त्यसैमा चित्त बुझाउन सक्नुपर्छ ।। 2. जिवनभर तिमिसंगै रमाउन लेखिएको रहेछ अाफ्नै सम्झिएर ति हात समाउन लेखिएको रहेछ त्यसैले त भेट्टियाै हामी छुट्टिएर पनि मेरो सिउदाेले तिम्रो सिन्दुर पाउन लेखिएको रहेछ ।। 3. समयले सिकाएको छ परिस्थितिले सिकाएको छ जिउँदै गर्दा जिवनकाे याे स्थितिले सिकाएको छ मलाई मेरी अामाले नसिकाएका धेरै कुरा कुराैटे मेरो समाजको गतिविधिले सिकाएको छ ।। 4. तिमी मेरो हुनैपर्छ भन्ने पनि कहाँ छ र ? तिम्रो तस्बिर छुनैपर्छ भन्ने पनि कहाँ छ र? विगतलाई त एउटा सुन्दर सिकाई सम्झि भुल्न सक्छु सम्झिएर रुनैपर्छ भन्ने पनि कहाँ छ र? 5. एक हातले मात्रै तालि बजाउन सक्दिनँ म गलत छाै, एक मामिलामा पचाउन सक्दिनँ म अाफ्नै ठानेको तिमी पलमै पराई बनिदिन्छाै प्रिय विस्वास गरेर दिलमा सजाउन सक्दिनँ म ।।