कोरोनाले झन झन भयानक रूप लिदै
कृष्ण अधिकरी
दाङ 5 जेठ ।
देशमा महामारीको रुपमा फैली रहेको कोरोनाले झन झन भयानक रूप लिदै छ र यस्तो नाजुक समयमा एकदम alert हुनुको साटो दिन प्रतिदिन लापर्वाहिका कार्यहरू भएको सुनिन्छ। अम्बापुर 18 बेलघारी स्कुलमा भारतबाट आफ्नो देश आउन पाएका व्यक्तिहरूलाई क्वारेनटाईनको व्यवस्था गरिएको छ।नेपालीले जे जस्तो भएपनि आफ्नो भुमीमा आफ्नो देशमा आउन पाउनुमा सायद कसैलाई आपत्ति होला तर क्वारेनटाईनको नाममा भईरहेको लापर्वाहिले गर्दा स्थानियलाई त्राशपुर्ण माहोल सीर्जना भएको छ ।
क्वारेनटाईनमा बसेको मान्छेसंग दुरी कायम गर्न अति आवश्यक छ तर उनिहरूमध्य कतिपएको परिवार भेट्न आउदा दुरी कायम भएको छैन ।उनीहरूसंग भएको सामान लिने दिने भएको देखियो र कतिपय त त्यहाॅ उत्सुकताकासाथ हेर्न गएको पनि देखियो । क्वारेनटाईन बनाईएको ठाउॅ नै सुरक्षित भएन , त्यहाॅका मानिसहरू सजिलै बाहिर आउन जान सक्ने अनुपमा खनालले जानकारी दिनु भयको छ । यसरी त संङ्ख्या घटाउन गरिएको कार्यले त विपरीत रूप ल्याउनेछ।
यस कुरालाई ध्यानमा राखेर यस ठाउॅका अग्रज र युवाहरूमिली केही निश्कर्श निकालौ