कोरोनात्रासबीच प्रत्येक दिन तुलसीपुर बजार खुल्दै !
तुलसीपुर १५ जेठ ।
दाङको तुलसीपुर उद्योग बाणिज्य संघले आजदेखि प्रत्येकदिन पसलहरु खोल्ने निर्णय गरेपछि चौतर्फी विरोध भएको थियो । जुन दिन तुलसीपुर उद्योग बाणिज्य संघले बजार खोल्ने निर्णय ग¥यो, सोही दिन मात्रै जिल्लामा १४ जना संक्रमित भेटिए । त्यपछि जिल्लामा कोरोना त्रास थप बढ्यो । संघको निर्णय अनुसार विहीबार केही पसल खुले, केही पसल खुलेनन् । पसल नखुलेपछि संघले माईकिङ् मार्फत घर–घर सूचना प्रशारण गर्न गयो । केहीले त्रासैत्रासकाबीच पसलहरु खोले, भने केही पसलहरु खुलेनन् ।
लकडाउनको समयमा पटक–पटक सम्बन्धित निकायसंग छलफल र समन्वय नगरेर बजार खोल्ने र बन्द गर्ने गरेकै कारण विवादित बनेको उद्योग बाणिज्य संघको यस पटकको निर्णय पनि विवादित बनेको छ । स्थानीय प्रशासन र स्थानीय सरकारलाई आफ्नो नियन्त्रणमा राख्न खोज्ने तुलसीपुर उद्योग बाणिज्य संघले मुलुक कोरोनाको त्रासकाबीच अटेरी गरेर ब्यबसायीहरुलाई प्रहरीले दमन गरेको भन्दै केही दिन अघि अतिआबश्यक पसल समेत नखोल्ने र खोलेमा कारवाही गर्ने समेत ग¥यो । अन्तत ः प्रशासन तथा स्थानीय सरकारसंग समन्वय पछि अतिआबश्यक पसल खोल्यो ।
तर यस पटक पनि जिल्ला प्रशासन कार्यालयको निर्णयबेगर पसल खोलेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । ‘हामीलाई तुलसीपुर बजार खोल्ने बिषयमा कुनै जानकारी आएको छैन्, त्यहाँका व्यवासायी साथीहरुले सल्लाह गरेर बजार खोल्नुभयो होला’, उनले भने‘ कोरोना संक्रमित बढिरहेको समयमा बजार खोल्नु भनेको चुनौति थप्नु हो ।’ तुलसीपुरमा बजार खोलेको बिषयमा जानकारी आएमा आफुले कडाई गर्ने समेत उनले बताए ।
उनले सिसिएमसीको वैठक पछि मात्रै बजार खोल्ने निर्णय हुने बताए । शनिवार मात्रै सिपसिएमसीको बैठक बस्ने भन्दै उनले भने‘दाङमा कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा बजार खोल्ने हो भने अझै जोखिम बढ्ने भएकाले सिसिएमसीको बैठक पछि मात्रै निर्णय लिन सकिन्छ ।’
विश्वव्यापी रुपमा फैलिएका कोरोना भाइरसका कारण देशैभरी भएको लकडाउनका कारण व्यवसायिहरुको गुनासोका आधारमा बजार खोल्ने निर्णय गरेको तुलसीपुर उद्योग बाणिज्य संघक अध्यक्ष विरु रावतले बताए । ‘कुनै सामानको म्याद जान लाग्यो, पसलमा राखेका कपडाहरु मुसाले काट्न लागे, कोठामा पानि पस्यो भनेर साथिहरुले गुणासो गर्नु भयो’, उनले भने ‘ त्यसैले हामीले अत्यावश्यक खाद्यान्न र किराना पसल बाहेक हप्तामा दुई दिन आईतबार र बिहिबार अन्य पसल बिहान तीन घण्टा खोल्ने निर्णय भएको हो ।’ अतिआबशयक पसलहरु सोमार, मंगलबार, बुधबार र शुक्रबार खुल्ने छन् । यसरी हेर्दा दैनिक पसलहरु खुल्ने भएका छन् ।
उनले तुलसीपुर उपमहानगरपालिका ,ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी,जिल्ला प्रशासन कार्यालयलगायतसंग समन्वय गरेर पसल खोलेको जानकारी दिए । सामाजिक दुरी कायम गरेर पसल खोल्न आग्रह गरिएको समेत उनले बताए ।
विभिन्न टिकाटिप्पनी
बजार खुल्ने भएपछि बिभिन्न सरोकारवालाले समेत आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा यसको व्यापक विरोध पनि हुने गरेको छ । यसैक्रममा जनप्रतिनिधिहरुले पनि यो कार्य गलत भएको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का वडासदस्य सुवास डिसीले
सामाजिक सञ्जालमा लेखेका छन्‘ उद्योग बाणिज्य संघका नेताहरू बजारका व्यावसायीक सटरका मालिक भएकै कारण भाडा छुट गर्नुपर्ने आवाजलाई दबाउन हप्तामा २ दिन बिहान २ घन्टा ब्यबसाय खोल्न दिने निर्णय गरेको भन्ने सुनियो खास कुरो के हो ?’ यो बेलामा १÷२ घन्टा ब्यबसाय खोल्न भन्दा लकडाउन अबधिको भाडा छुट गराउन तर्फ पहल गरे उद्योग बाणिज्य संघ उद्योगिी व्यबसायीको े हितमा काम गर्ने संस्थाका रुपमा हो भनेर गर्व गर्न सकिने बताउ ।