खुकुरी प्रहार गरि घाईते बनाउने सुवेदीलाई म्याद थप गरि अनुसन्धान

तुलसीपुर, २३ जेठ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरले खुकुरी प्रहार गरेर घाईते बनाउने एक ब्यक्तिलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मंगलबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी ४२ बर्षीय कृष्ण नेपालीलाई सोही ठाउँ निवासी ३३ बर्षीय सन्तोष सुवेदीले धारिलो हतियार प्रहार गरि घाईते बताएका थिए ।

धारिलो हतियार प्रहार गरि फरार रहेका सुवेदीलाई तुलसीपुर उपमहानगरपालिका ३ डाँडाखुटी स्थित भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रशासन कार्यालय घोराही दाङबाट १० दिन म्यादथप गरी अनुसन्धान भइरहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर