दाङमा लकडाउनले घट्यो सवारी दुर्घटना
अञ्जना चौधरी
तुलसीपुर, २४ जेठ ।
दाङमा लकडाउनको समयमा सवारी दुर्घटना न्यूनिकरण भएको छ । सरकारले कोरोना भाइरस(कोभिड–१९) रोकथाम तथा नियन्त्रणकालागि गरेको लकडाउनको अबधीभर जिल्लामा १३ वटा मात्रै दुर्घटना भएका छन् । लकडाउनको समयमा अनाबश्यक सवारीसाधनहरु सञ्चालन नहुँने भएकाले दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेम रेग्मीले बताए । “ लकडाउन नहुँदाका महिनाहरुमा एक महिनामा ३०÷३५ वटा सवारी दुर्घटना हुने गर्थे”, उनले भने ,“तर लकडउाउनको समयमा सवारी सधान धेरै नचल्ने भएकाले दुर्घटनामा कमी आएको छ ।”
प्रमुख रेग्मीका अनुसार चैतमा सात वटा सवारी दुर्घटना भएका थिए । जसमा एक जनाको मृत्यु भएको थियो भने ६ जना घाईते भएका थिए । त्यसैगरी वैशाख महिनामा ५ वटा सवारी दुर्घटना भएका थिए । जसमा एक जनाको मृत्यु भएको थियो, भने ४ जना घाईते भएका थिए ।
त्यस्तै जेठ महिनाको अहिलेसम्म दुइवटा दुर्घटना भएका छन् । गएको चैतको ११ गतेबाट लकडाउन सुरु भएको थियो । लकडाउनको समयमा अतिआबश्यक सवारी साधनहरुले सडक खाली हुँदा तिब्र गतिमा चलाउने भएकाले केही दुर्घटनाहरु हुने गरेको प्रमुख रेग्मीको भनाई छ । साथै लकडाउन सुरु भएपछि जिल्लामा राजश्व संकलन गर्ने कार्य समेत रोखिएको छ ।
लकडाउनको अबधीभर कत्तिपनि राजश्व संकलन नभएको प्रमुख रेग्मीको भनाई छ । बिगतका बर्षहरुमा दाङ प्रदेशकै धेरै दुर्घटना हुने जिल्लाका रुपमा चिनिएको थियो । लकडाउन पस्चात जिल्लामा अनाबश्यक सवारी सधान सञ्चालन हुन नदिएको तथा अनाबश्यक सवारी चलाउनेलाई कानुनी दायरामा ल्याउने गरिएको समेत उनको भनाई छ ।