कृष्णनगर नगरपालिका द्वारा नगरका सहकारी र कृष्क समुहलाई पम्पसेट वितरण

अजय मिश्र,

कृष्णनगर, असार, ३०

कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नगरका १७ वटा सहकारी र कृष्क समुहलाई पम्पसेट वितरण गरेको छ। नगरपालिकाको आर्थिक बर्ष ०७६÷०७७ को साना सिचाई अन्तर्गत को बजेट बाट २०७६ पुष १२ गते सूचना जारी भई उपभोक्ता समूह मार्फत खरिद गरिएको छ। ८५ प्रतिशत नगरपालिका को अनुदान र १५ प्रतिशत कृषक समूह र सहकारीको लगानीमा पम्पसेट १ ओटा, ३८ किलो डिलीवरी पाइप, २५ फुट सेक्सन पाइप वितरण गरिएको जानकारी कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख चन्द्र राम चौधरी ले जानकारी दिए । एउटा पम्पसेट बाट करिब २.५ हेक्टर क्षेत्रफल सिंचित हुने कुरा कृष्णनगर नगरपालिका कृषि शाखा अधिकृत सुदिप प्रताप मौर्य ले जानकारी दिए । पालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर किसानहरुको सजिलोका लागि , पम्पसेट वितरण गरिएको र आगामी दिनमा पनि अन्य युवालाई कृषि पेशा अगाल्न उत्प्रेरणा दिनु पर्ने नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह ले बताउनु भयो । विभिन्न समयमा धानको बिऊ, तरकारी को बिऊ, स्प्रे ट्यङकी, फलफूल विरूवा र किटनाषक विषादी वितरण गरिएको नगरपालिका को कृषि शाखा ले जनाएको छ । उक्त वितरण कार्यक्रम मा नगर उप प्रमुख शब्नम खातुन, प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाॅगी लगायत वडा अध्यक्ष हरुको उपस्थित रह्यो

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर