वीरगञ्जमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, ११ साउन ।

वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक वृद्धको रिपोर्ट पोजेटिभ आएको मेसु डा। मदन उपाध्यायले जानकारी दिए ।

मधुमेह र मुटुका रोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या थियो । कोरोना परीक्षणका लागि शनिबार नारायणी अस्पतालमा उनको स्वाब संकलन गरी उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयरमा लगिएको थियो । त्यहाँ गरिएको आरडीटी परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

आरडीटी पोजेटिभ देखिएसँगै उनलाई शनिबार राति वीरगञ्ज हेल्थकेयरबाट गण्डक अस्पतालमा भर्ना गरिएको थियो । शनिबार राति ११ बजे अचानक उनको अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

गण्डक अस्पतालका कोओर्डिनेटर डा। उदयनारायण सिंहका अनुसार उपचारका क्रममा उनको आइतबार बिहान ६ः१० मा मृत्यु भएको थियो । उनी वीरगञ्जस्थित आदर्शनगरमा व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर