दाङमा बगरलाई वन बनाउने अभियान
शरद रेग्मी
तुलसीपुर, १२ साउन ।
डिभिजन वन कार्यालय दाङले यस बर्ष जिल्लाका विभिन्न स्थानमा रहेको बगरलाई वन बनाउने अभियान थालेको छ ।
नदी कटान भई बगरमा परिणत भएको १६० हेक्टरमा विभिन्न जातका विरुवाहरु लगाएको कार्यालय प्रमुख दिपक ज्ञवालीले बताए । यो अभियानको अन्तिम सोमवार तुलसीपुर ११ बखरियामा करिब १५ विघा बगरमा बृक्षारोपण गरिएको उनले बताए ।
बगरलाई बन बनाउँदा स्थानीयहरु उत्साहित भएको र भन्दै दाङमा आफु्हरुले थालनी गरेको अभियानले अन्य जिल्लाकोलागि सिकाई भएको उनले बताए ।
त्यसैगरी बगरलाई वन बनाउँदा हरियाली हुने र नदिको कटान पनि रोकिने उनले बताए । बगर वन बनाउन यस बर्ष २ लाख विरुवाहरु रोपेको उनले बताए ।
त्यसैगरी बृक्षारोपण कार्यक्रममा सहभागी भएकी प्रतिनिधिसभा सदस्य सुजिता शाक्यले रुख रोपेर मात्र नभई संरक्षण गरि हुर्काएर प्रतिफल लिने काममा लाग्नु पर्ने बताईन् । उनले २०÷२२ बर्ष पहिले भन्दा अहिले जिल्लामा धेरै हरियाली भएको भन्दै उनले बगर खेतिमा रुख मात्र नभई फलफुल, विभिन्न किसीमका फुलहरु रोपेर पर्यटकिय केन्द्र बनाउनु पर्ने उनले बताए ।
त्यसैगरी प्रदेश ५ का प्रदेशसभा सदस्य एवं लेखासमितिका सभापति डिल्ली बहादुर चौधरीले बगर वनलाई बनाउन र ब्यवसायीकरण गर्न जरुरी भएको बताए । उनले खयरका रुखहरु रोपेर आम्दानी गर्न धेरै समय लाग्ने भएकाले यस भित्र अन्य कुनै ब्यवसाय गरी फाइदा लिनु पर्ने उनको सुझाब छ ।
झरणा सामुदायिक वन उपभोक्ता समितीले उक्त ठाउँमा पहिला सिसौँका विरुवा लगाएको भएता पनि २०७१ र २०७४ सालमा बबई नदिमा आएको बाढिले बगरमा परिणत गरेदेखि गौ चरण हुदै आएको उक्त ठाउँमा वन कार्यालयको सहयोगमा वन बनाउन पाउँदा खुशी लागेको समितीका अध्यक्ष डिल्ली बहादुर रावतले बताए ।
यता स्थानियहरु पनि बगरलाई वन बनाउन पाउँदा खुशी भएका छन् । बगरमा वन भए नदि कटान रोक्न र प्राकृतिक हराभरा हुने भन्दै वन संरक्षण गर्न सके करिब ५ सय घरपरिवारलाई फाइदा हुने स्थानिय हरिहर पौडलेले बताए ।