दंगीशरण राजाको शालिक निर्माण
तुलसीपुर, २१ साउन ।
दाङको दंगीशरण राजाको शालिक अनावरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सुकौरा स्थित दंगीशरणले राज गरेको स्थानमा निर्माण गरिएको उक्त शालिकको प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बुधबार अनावरण गरेका हुन् । प्रदेश सरकारको २५ लाख बजेटमा निर्माण भएको पार्क र त्यसबीचमा शालिक निर्माण गरिएको थियो ।
त्यस अवसरमा मन्त्री गिरीले दंगीशरण क्षेत्रको पर्यटन विकासकालागि प्रदेश सरकारले बिशेष ध्यान दिएको बताए । उनले दंगीशरण एतिहासिक स्थान भएको भन्दै यसको संरक्षण र सम्बद्र्धन आबश्यक रहेको समेत बताए । साथै उनले थारुहरुको संस्कृतिक महत्व बोकेको दंगीशरणको प्रचार–प्रसारमा पनि ध्यान दिनुपर्ने बताए ।
अध्यक्ष चित्रबहादुर वलीको अध्यक्षतामा कार्यक्रम भएको हो ।