बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि

दाङ, १ भदौ ।

दाङ घोराहीका एक बैंक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणका क्रममा घोराहीको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत २२ बर्षीय एक पुरुष कर्मचारीमा कोरोना पुष्टि भएको हो । शहीद गेट नजिक रहेको उक्त बैंकमा कार्यरत उनको सोमबार कोरोना पुष्टि भएको घोराही उपमहानगर स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए ।

उनलाई कसरी संक्रमित भयो, भन्ने विषयमा भने खुल्न सकेको छैन् । कर्मचारीलाई कोरोना पुष्टि भएपछि अहिले बैंकले सेवा रोकेको छ । दाङमा कोरोना भाइरसको संक्रमण समुदाय स्तरमै फैलन थालेको छ । अहिले सम्म भारत लगायतका विभिन्न देशबाट आएका र उनिहरुको सम्पर्कमा आएका जनप्रतिनिधी, स्वास्थ्यकर्मीहरुमा देखिएको भाइरस अब समुदाय स्तरमै देखिन थालेको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर