एकै दिन १,हजार १६जनामा कोरोना सङ्क्रमण पुष्टि ,थप सात जनाको मृत्यु ।

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको र १,०१६ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो एकै दिन अहिलेसम्म दैनिक पुष्टि भएको सङ्क्रमितको उच्चतम सङ्ख्या हो।

यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ११४ पुगेको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या २८,२५७ पुगेको छ।

अहिले देशभरि १०,५६३ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी मङ्गलवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए।

सङ्क्रमितहरूमध्ये २,८८७ जना घरमै र बाँकी ६,७५२ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्। अाज कोभिड-१९ का कारण मृत्यु पुष्टि भएका व्यक्तिमध्ये छ जना पुरुष र एक जना महिला हुन्।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर