राप्ती प्रादेशिक अस्पतालले आपतकालिन र प्रसुति सेवा सुरु

तुलसीपुर १५ भदौ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले सोमबारदेखि आपतकालिन र प्रसुति सेवा दिने भएको छ । दुई चिकित्सक सहित ९ जनामा कोरोना देखिएपछि सिल गरिएका
अस्पतालले सोमबार साँझ ५ बजेदेखि सेवा दिने अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. पदमराज अधिकारीले बताए ।
अस्पताल विकास समितिको बैठकले स्यानिटाईजेसन, आइसोलेसन र अस्पतालका अन्य स्वास्थ्यकर्मी, भर्ना भएका विरामीहरुको स्वाब संकलन पछि सेवा सुरु गरिएको हो । यस अघि अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कार्यलयसहयोगी गरि ५० जनाको स्वाब संकलन गरिएकोमा ९ जनाको रिपोर्ट पोजेटिभ आएपछि शिल गरिएको थियो । ति मध्ये नेगेटिभ रिपोर्ट आएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु उपचारमा संलग्न रहने तुसलीपुर उपमहानगरपालिकाका कोभिड–१९ स्रोत व्यक्ति विमल केसीले बताए ।