प्रदेश ५ का १ सय ६४ जना प्रहरीमा कोरोना संक्रमण

बुटवल, १९ भदौ ।

प्रदेश ५ मा कोरोना संक्रमित हुने प्रहरीको संख्या एकसय ६४ पुगेको छ । बिहीबार मात्रै थप ७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७७ जना प्रहरी उपचाररत रहेको प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए । तीमध्ये लक्षणसहितका ५ जना प्रहरी विभिन्‍न अस्पतालमा उपचाररत छन् ।

प्रदेशका ८७ प्रहरी भने कोरोना मुक्त भएका छन् । प्रहरीमा कोरोना संक्रमण बढेपछि अदालतमा लैजानुपर्ने थुनछेक मुद्दाका अभियुक्तहरुको भिडियो कन्फरेन्सद्वारा म्याद थप्‍ने तयारी थालिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर