१२४६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५० हजार ४६५

२५ भदौ, काठमाडौं ।
पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ११ हजार १४४ नमुना परीक्षण गर्दा ४०२ महिला र ८४४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।
उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।