उपत्यकामा ६७६ संक्रमित थपिए,

३० भदौ, काठमाडौं ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका मात्र ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरका ८६ र ललितपुरका ३५ जनामा पनि संक्रमण देखिएको छ ।