दंगीशरणमा विद्यालय सञ्चालन

दिप्तीशिखा चौधरी

दंगीशरण, १२ असोज ।

दंगीशरण गाउँपालिकामा कोभिड १९ का बिचमा विद्मालय संचालनमा आएको छ । विश्वभरी फैलिएको कोभिडका कारण लामो समय सम्म बन्द रहेका बिद्यालयहरु लकडाउन खुलेको केहि समय पछि मात्र संचालनमा आएका छन् । विद्यालय संचालनमा आएपछि ६ महिनादेखि ठप्प रहेको दंगीशरण गाउँपालिकाको विधालयको शिक्षण शिकाई क्रियाकलाप संचालनमा आएको छ । दंगीशरण गाउँपालिकाको विरेन्द्र मा.वि. हेकुली, सिद्ध पृथ्वी जनता मा.वि. श्रीगाउँ, मा.वि. मधपुर, भानु मा.वि. प्रसडुवा, प्रा.वि. कौवाघारी, जनता आधारभुत विधालय बुटनीया, ज्ञानज्योती प्रा.वि.बोगटि, आधारभुत विधालय बाँकि बेटारपुर, रात्री प्रा.वि. सिम्ठाना, सरस्वती प्रा.वि. मिरौली, सरस्वती आधारभुत विधालय पदमपुर,रात्री आधारभुत विधालय बैबाङ्ग, लक्ष्माीनारायण आधारभुत विधालय सलौरा, प्रावि मलईखोला, ज्ञानज्योती प्रावि खलुवाचिस गरि १५ वटा सामुदायीक विधालयहरु संचालनमा आएका छन् । बिधालयमा विधार्थीहरुको संख्याका आधारमा दिनमा ५० भन्दा कम विधार्थीहरु बोलाई समय तालीका अनुशार सीकाई सहजीकरणका रुपमा शिक्षण सिकाई क्रियाकलाप भईरहेको शिक्षा शाखा प्रमुख विनोद अधिकारीले जानकारी दिए । “कोभिड १९ का कारण अहिले सिकाई केन्द्रको रुपमा विधालय संचालनमा आएको हो ।” प्रमुख अधिकारीले भने । सामाजिक दुरी कायम गरेर कम मात्रामा विधार्थीहरु राखेर मापदण्ड अनुशार दंगीशरणका विधालयहरु संचालनमा आएका हुन् । कोभिड १९ को संक्रमणमा सुधार देखिएमा फेरी छलफल गरेर अगाडि बढ्ने शिक्षा प्रमुख अधिकारीले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर