उम्मेदवार ढकालको टोली चुनाब प्रचार गर्न पश्चिम पुग्यो
तुलसीपुर, २१ कात्तिक ।
नेपाल उद्योग वाणिज्य महासघंको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र प्रसाद ढकालले आफ्नो जित सुनिश्चित भएको बताएका छन् । कैलालीको धनगढीमा चुनावी प्रचारप्रसार सभालाई सम्बोधन गर्दै महासघका बर्तमान उपाध्यक्ष समेत रहेका ढकालले साना देखि ठुला उद्योगी, ब्यबसायीहरुका समस्यालाई राज्यसगंको सहकार्यमा नीतिगतरुपमा निर्णय गराएर अगाडि बढने बताए ।
वरिष्ठ उपाध्यक्षमा बिजयी भए सगै जिल्ला नगर, प्रदेश र केन्द्रका समस्यालाई समाधान गर्न सदैव व्यवसायीहरुको हकहितको पक्षमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । यस्तै उद्योग वाणिज्य महासघंका पूर्वध्यक्ष चण्डीराज ढकालले चन्द्र ढकालको प्यालनले नै महासघंमा राम्रो काम गर्ने सक्ने ठोकुवा गरे । उनले ढकालको प्यानल बिजयी सगै जिल्ला नगरका उद्योगी व्यवसायीका समस्याहरु सम्बोधन हुने दाबी गरे ।
सुदुर पश्चिमको धनगढीमा आयोजित चुनावी प्रचारप्रसार सभामा बोल्दै जिल्ला नगरका उपाध्यक्ष पदका उम्मेदवार गुणनिधि तिवारीले देशको वर्तमान अवस्थासगं महासघं हातेमालो गर्न तयार रहेको बताए । उनले जिल्लानगरका समस्यालाई सम्बोधन गर्न आफु दिनरात लागिपर्ने बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघंको केन्द्रिय सदस्यका उम्मेदवार बिमल रिजालले निजिक्षेत्रको विकास र बिस्तारमा आफु लागिपर्ने बताए । चुनावी सभामा कैलाली उद्योग वाणिज्य सघंका अध्यक्ष पुष्पराज कुवँरले प्रदेशबाट केन्द्रिय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । नेपाल उद्योग वाणिज्य महासघं सुदुर पश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीको अध्यक्षतामा कार्यक्रम सप्पन्न भएको थयो ।
पुर्ब ताप्लेजुग देखि दार्चुला सम्मका ब्यबसायिक नेताहरु सहभागि चुनाबि प्रचार अभियान धनगढिबाट सुरु भएको छ ।नेपालगन्ज ,बुटवल पोखरा हुदै काठमाण्डौ सम्म पुग्ने बताईएको छ । चुनाबी अभियानमा सबै जसो जिल्लाका अध्यक्षहरु सगभागि भएका छन् । महासंघको निर्वाचन मंसिर ११ देखि १३ गते सम्म काठमाडौमा हुदै छ ।