प्रधानमन्त्री रोजगार कार्यक्रममा दुई लाख

काठमाडों, ५ मंसिर ।

देशभरबाट ६ लाख ८१ हजार युवा बेरोजगारको सूचीमा सूचीकृत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार असोजदेखि मङ्सिर ४ सम्म प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुनका लागि ६ लाख ८१ हजार बेरोजगार युवाले आवेदन दिएका हुन् ।

यसमा आउँदो १५ गतेसम्म अझै बढी बेरोजगारको संख्या थपिने छ । मन्त्रालयले उक्त कार्यक्रम मार्फत चालू आर्थिक वर्षमा दुई लाख विपन्न बेरोजगार युवालाई न्यूनतम एक सय दिनको रोजगारी दिने लक्ष्य लिएको छ ।

कोरोना महामारीका कारण वैदेशिक रोजगारी तथा देशभित्रै पनि हजारौँको संख्यामा नेपाली श्रमिकले रोजगारी गुमाएका कारण बेरोजगारको संख्या बढ्दै गएको छ । देशभित्र कति युवाले रोजगारी गुमाए भन्ने तथ्यांक छैन ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर