१४९० जनामा कोरोना संक्रमण पुष्टि

१७ मंसिर, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप १४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८३०० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ६७ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख १८ हजार एक सय ६१ पुगेको छ ।  

देशभर १६ हजार ५४७ सक्रिय संक्रमित छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर