नेपालमा कठ्याङ्ग्रिएर 5 जनाको मृत्यु
घोराही, ३ मंसिर ।
पछिल्लो केही दिनयता दाङ सहित देशभर चिसो बढेको छ । चिसोले कठ्यांग्रिएर सिरहामा चार जना र बाजुरामा एक जनाको मृत्यु भएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका बढी चिसो हुने गरेको छ ।
आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस सात दशमलव शून्य डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको न्यूनतम तापक्रम नौ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
यस्तै केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ । उता बाजुराको बडीमालिका नगरपालिकामा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको छ ।
बिषेश गरि चिसोबाट बालबच्चा र बृद्धबृद्धालाई बचाउन चिकित्सकहरुले सुझाब दिएका छन् । चिसोमा कोरोनाको संक्रमण समेत बढ्न सक्ने भएका कारण स्वास्थ्यको बिषेश ध्यान दिन आग्रह चिकित्सकको छ । न्यानो कपडा लगाउन र झोलिलो बस्तुहरु खानुपर्नेमा चिकित्सकहरुले सुझाब दिएका हुन् ।