सीडको बार्षिक समीक्षा

तुलसीपुर, १५ पुस ।

समाजमा वातावरणीय शिक्षाको विकास (सीड)ले आफ्नो वार्षिक कार्यक्रमको समीक्षा गरेको छ । तुलसीपुरमा बुधबार एक कार्यक्रम गरि समीक्षा कार्यक्रम गरेको हो ।

सीडका अध्यक्ष राममोति चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सीडले शिक्षा क्षेत्रमा अतुलनीय योग्दान गरेको बताएका छन् । सीडले शिक्षा क्षेत्रले खेलेको भूमिकालाई सबैले अनुसरण गर्नुपर्ने समेत बताए ।

कार्यक्रममा दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पीमाकुमारी खड्कालगायतले मन्तब्य ब्यक्त गरेका थिए । साथै जिल्ला स्तरीय बार्षिक सार्वजनिक लेखाजोखा कार्यक्रम भएको थियो ।

सीडले दाङको दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिकाका विद्यालय र पछिडिएको समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ । आईएम नेपाललगायतको आर्थिक सहयोगमा सीडले कार्यक्रम सञ्चालन गर्दै आएकोछ । त्यस अवसरमा सीडका निर्देशक भागीराम चौधरीले सीडले पश्चिम दाङमा शिक्षा क्षेत्रमा निकै ठूलो परिबर्तन भएको बताए ।

त्यस अवसरमा सीडका कार्यक्रम संयोजक माधव चौधरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए, भने सहजीकरण निर्मला महताराले गरेकी थिईन् ।

कार्यक्रमको ब्यबस्थापन सामाजिक परिचालक शारदा बस्नेत, सीता चौधरीलगायतले गरेका थिए

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर