मेयर पाण्डे शिक्षा मन्त्रालयको विषयगत सदस्यमा मनोनित
तुलसीपुर, १६ पुस ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत विषयगत समितिको सदस्यमा मनोनयन गरिएको छ ।
गएको मंसीर २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले उनलाई मनोनित गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ अध्यक्ष रहेको समितिमा सातै प्रदेशका सामाजिक विकास मन्त्री र स्थानीय तहबाट १ जना सदस्य रहने व्यवस्था रहेको छ ।
संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ बमोजिम मन्त्रालयसँग सम्वन्धित विषयको कार्यान्वयनका लागि यस्तो समिति वनाउने प्रावधान रहेको छ ।