काठमान्डौंमा ८ पैदलयात्रीको १५ दिनमा सडक दुर्घटनाबाट मृत्यु

दाङ, १८ पुस ।
पछिल्लो १ सातामा काठमान्डौं उपत्यकामा बाटो काट्ने क्रममा तिन जनाको मृत्यु भएको छ । ललितपुर सातदोबाटो–ग्वार्काे सडकखण्डको बीएण्डबी अस्पताल अगाडि दुईजना र भक्तपुरमा एक जनाको ज्यान गएको छ । यो सँगै दुर्घटना सहित पछिल्लो १५ दिनमा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।
गत बिहिबार ग्वार्काेको बीएण्डबी अगाडि आकाशेपुल मुनिबाट बाटो काटिरहेका अस्पतालका २ जना कर्मचारीले टाटा सुमोको ठक्करबाट ज्यान गुमाए । बत्तीविहीन आकाशे
पुलमा हिड्न असुविधा भएपछि सो ठाउँमा अधिकांश त्यस मुनिबाट सडक पार गर्दछन् ।
काठमान्डौं उपत्यकाका अधिकांश आकाशेपुल खाली हुन्छन् । रत्नपार्क लगाएत क्षेत्रका आकाशेपुल व्यापारिक  अड्डा बनेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर