बैशाखमा चुनाब हुन्छ भनेर विश्वास गर्ने कुनै आधार छैन : अपार

तुलसीपुर, २४ पुस ।
राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले बैशाखमा चुनाब हुन्छ, भन्ने कुनै पनि आधार नभएको बताएका छन् । राष्ट्रियसभाको सातौ बैठकमा मन्तब्य राख्दै अपारले भने‘बैशाखमा चुनाब हुने कुनै आधार छैन, यो चुनाब गराउनलागि तोकिएको होईन् ।’ यो चुनाब सम्पन्न गर्ने नियतले हो वा कुनै गल्ती ढाकछोप गर्नकालागि मिति घोषणा गरिएको भन्ने विषयमा शंका समेत उत्पन्न भएको उनको भनाई थियो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य समेत रहेका अपारले जनताको सार्वभौम थलो प्रतिनिधिसभा नै बिघटन भएको घटनाले नेपालमा तरंग ल्याएको समेत बताए । दुई तिहाईको प्रधानमन्त्रीलाई काम गर्न दिईएन भन्ने तर्क गर्ने कुनै आधार नभएको समेत उनको भनाई छ ।‘संसद बिघटन गर्ने कुरा संविधानमा व्यबस्था छैन्, यसलाई मध्यावधी चुनाबका रुपमा पनि तर्क दिईएको छ, यस्ता हजारौं तर्क त दिन सकिएला’, उनले भने‘ तर, तथ्य र यथार्त के हो, भन्ने कुरामा ध्यान दिन पर्छ ।’
सरकारलाई काम गर्न दिईएन भन्ने कुरा आएको भन्दै तीन वटा वजेट ल्याउदा पनि कहिकतैबाट अवरोध नभएको, पार्टी भित्र पनि कुनै अबरोध नभएको अबस्था रहेको भन्दै यस्तो बेला पनि संसद विघटन गर्नु गलत भएको समेत उनले बताए ।
नेपालको संविधान राम्रो भएपनि त्यसका शाषक खराब भएमा त्यसले पनि नतिजा सकारात्मक नदिने अपारको भनाई छ । साथै उनले अहिले संसद विघटन गर्ने कार्यलाई सच्चाएर नयाँ पुस्तालाई नयाँ सञ्देश दिन सकिने समेत बताए ।