दाङमा ११ वर्षिया बालिका बलात्कृत
दाङ, १९ फागुन ।
पश्चिम दाङमा ११ वर्षिया बालिकाको बलात्कार भएको खुलासा भएको छ । ट्वाङखोलाको जंगलमा मंगलबार साझ साढे ६ बजे बालिकाको बलात्कार भएको इलाका प्रहरी कार्यलय तुलसीपुरले जानकारी दिएको छ । बालिकाको बलात्कारमा संलग्न रहेको आरोपमा दुई किशोर पक्राउ परेका छन् ।
बालिाको यौनिबाट रक्तश्राव भएको र हिड्न समेत गाह्रो भएको पारिवारीक स्रोतले बताएको छ । बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा स्वास्थ्य परिक्षण गरिएको छ । आरोपित किशोर ११ र १३ वर्ष भएकाले नाम नखुलाएको प्रहरीले बताएको छ । दुबै किशोरले कराएमा चक्कुले हानेर मारिदिने धम्की दिएर बलात्कार गरेको प्रहरीले बताएको छ । बालिकाले घरमा आएर जानकारी गराएपछि घटना सार्वजनिक भएको हो ।