दाङको तुलसीपुरमा घाइते अबस्थामा बाघ भेटियो

तुलसीपुर, २१ फागुन ।

दाङको तुलसीपुरमा घाइते अबस्थामा सानो प्रजातिको बाघ भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ कुटिचौर स्थित शान्तिकर्मकोट सामुदायिक बनमा घाइते अबस्थामा बाघ भेटिएको हो । शुक्रबार दिउसो १२ बजेतिर स्थानीयले बाघ भेटाएको स्थानीय अगुवा तुलसी थापाले जानकारी दिए ।

बाघ भेटाएपछि स्थानीयले विजौरी सव बनडिभिजन कार्यालय विजौरीलाई खबर गरेपछि कार्यालय प्रमुख कमल पुन सहितको टोली त्यस स्थानमा पुगेको थियो । टाउकोमा चोटलागेको अबस्थामा बाघ भेटिएपछि स्थानीयले उद्दार गरेका थिए ।

उक्त बाघलाई गाउँघरमा ‘निगाली’ बाघ भनिने विजौरी सब डिभिजन कार्यालय दाङका फरेष्टर विरजंग ओलीले बताए । उनका अनुसार उक्त बाघलाई उद्दार गरेर जिल्ला डिभिजन बन कार्यालयमा पठाईएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर