आज दाङमा थप १९० जनामा कोरोना पुष्टि

५ जेठ,घोराही-

आज दाङका १ सय ९० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही तथा जिल्ला बाहिर गरिएको पिसिआर परिक्षणमा १ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२ सय ५० जनाको स्वाब परिक्षण गर्दा ८७ जना महिला तथा १ सय ३ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै बैशाख यता अहिलेसम्म ५ हजार ६ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै अर्काेतिर बैशाखयता मात्रै दाङमा ३ हजारभन्दा धेरै कोरोनाका विरामी निको भएका छन् । आज ४१ जना संक्रमणमुक्त भएका छन् । योसँगै वितेको ३६ दिनमा ३ हजार ९ जना संक्रमण मुक्त भएका छन् ।

अहिले संक्रिय संक्रमितको संख्या २ हजार ६ सय ७६ जना रहेको छ । कोरोनाका संक्रमित विरामीमध्ये अहिले सधिकांश संक्रमित घरमै रहेका छन् । अहिले १ सय २३ जना संस्थागत आईशोलेशनमा बसेका छन् भने २ हजार ५ सय २३ जना संक्रमित घरकै आइसोलेशनमा बसेका छन ।।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर