दाङमा बुधबार ३० जनामा कोरोना संक्रमण पुष्टि

तुलसीपुर ९ भदाै ।

 दाङमा बुधबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार पिसिआर परिक्षणबाट ११ जना र एन्टिजेन्ट टेष्ट परिक्षणबाट १९ जनामा कोरोना पुष्टि भएको हो ।

आज कोरोना पुष्टि भएका मध्ये तुलसीपुरका ८ महिला, ९ पुरुष गरी १७ जनामा कोरोना पुष्टि भएको हो । त्यसैगरी घोराहीमा ३ महिला २ पुरुष, लमहीमा २ महिला, १ पुरुषमा कोरोना पुष्टि भएको हो । त्यस्तै बबई गाउँपालिकामा २ महिला १ पुरुष र राप्ती गाउँपालिकामा १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

हाल सम्म दाङमा संक्रिय कोरोना संक्रमितको संख्या १४७ पुगेको छ । जसमध्ये १२७ होम आईसोलेसनमा र २० जना अस्पतालमा भर्ना भएका छन् । हाल सम्म दाङमा कोरोना संक्रमणबाट २५९ जनाको मृत्यु भई सकेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर