तुलसीपुरमा नापतौल तथा गुणस्तरको टोलि

शरद रेग्मी
चैत,२१
तुलसीपुरमा नापतौल तथा गुणस्तरको टोलिले सेवा दिने भएको छ ।
तुलसीपुर उद्योग बणिज्य संघको समन्वयमा भोलि मगलबार देखि बिहिबार सम्म सेवा प्रदान गर्ने कार्यक्रम तय भएको महासचिब बिनिल केसिले जानकारी दिनु भएको छ ।
लामो समयको पहल पछि नेपाल गुणस्तर तथा नापतौल प्रदेश कार्यालय नेपालगन्जको टोलि तुलसीपुर आई पुगेको छ ।
तुलसीपुर उधोग बाणिज्य सङघका अध्यक्ष रामप्रसाद चालिसे र महासचिब बिनिल केसिले आज एक बिज्ञप्ति जारि गरि यस क्षेत्रका सम्पुर्ण उधोगि ब्यबसायि र ब्यापारीहरुलाई आ आफ्नो नापतौलका सामाग्रीहरु चेक जाच एवम नबिकरण गर्नहुन आब्हान गर्नु भएको छ ।
ढक,तराजु,लिटर,मिटर,किल्ला काटा,डिजिटल काटाहरु अनिबार्यरुपमा प्रत्यक बर्ष नबिकरण र चेकजच गर्न नेपालगन्ज जानुपर्ने हुन्छ तर यस बर्ष उधोग बाणिज्य सङघले घरदैलोमै सेवा प्राप्त गर्ने अबसर दियकोमा यस क्षेत्रका उधोगि ब्यबसायिहरु खुसि भएका छन ।