अपाङ्गता भएका व्यक्तिहरुका लागि बाटेको धुप तथा अगरबत्ती बनाउने तालिम सम्पन्न

तुलसीपुर २ बैशाख ।
अपाङ्गता भएका व्यक्तिका लागि बाटेकेा धुप तथा अगरबत्ती निर्माण सम्बन्धी ७ दिने तालिम तुलसीपुरमा सम्पन्न भएको छ ।
तुलसीपुर उमहानगरपालिका वडा नं.५ को आर्थिक सहयोगमा ,अरनिको अपाङ्गता समावेशी स्वाबलम्बन समुह तुलसीपुर ५ को सहआयेाजना र अपाङ्ग सेवा संघ दाङको आयेाजनामा अपाङ्गता भएका व्यक्तिहरुलाई सिपसिकाई आत्मनिर्भर बनाउने र जीविकोपार्जनमा जेाड्ने मुख्य उद्देश्यका साथ तुलसीपुरमा सञ्चालन भएको बाटेकेा धुपबत्ती तथा अगरबत्ती निर्माण सम्बन्धी ७ दिने तालिमको आज एक कार्यक्रमका विच समापन गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह ज्युको प्रमुख आतिथ्यता एवम् अपाङ्ग सेवा संघ दाङका अध्यक्ष देवा डाँगीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
अरनिको अपाङ्गता समावेशी स्वाबलम्बन समुहका अध्यक्ष रामकुमारी घर्ती डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको तालिम समापन कार्यक्रममा बेाल्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि विरेन्द्र कुमार शाहले तालिममा सहभागीले बनाएका बाटेका धुप र अगरबत्ती देख्दा आफु निकै खुशी भएको र वडाभित्र रहनु भएका अपाङ्गता भएका व्यक्तिलाई सिप सिकाई आत्मनिर्भर बनाउने र आर्थिक रुपले सशक्त बनाउन उद्येाग स्थापना गर्नका लागि अपाङ्गता भएका व्यक्तिलाई वडा कार्यालयले सहयोग गर्ने बताउनु भयो ।
अध्यक्ष शाहले अब समुदायमा अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकेाण परिवर्तन गराउन र सम्मानित जीवन यापनका लागि आफुहरुले सहयेाग गर्ने बताउनु भयो । वडा नं. ५ लाई अपाङ्गता भएका व्यक्तिका लागि नमुना वडा बनाउने तथा उहाँहरुले उत्पादन गरेकेा सामग्रीको बजारिकरण गर्न वडाले साथ सहयेाग र समन्वय गर्ने कुरामा सहभागीहरुलाई प्रतिबद्धता व्यक्त गरेका थिए ।
समापन कार्यक्रममा बेाल्दै विशिष्ट अतिथि राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका केाषाध्यक्ष अजय कुमार शर्माले तालिम सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुकेा लागि प्रभावकारी रहेकेा बताए । कार्यक्रममा बेाल्दै शर्माले अपाङ्गता भएका व्यक्तिहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउन आवश्यक रहेकेा र वडाले यसलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।
उक्त कार्यक्रममा वडा सदस्य भिम बहादुर केसी,वडा सदस्य मधुमती सुनार,वडा सदस्य लालमती भन्डारी,राप्ती बहिरा संघ दाङका निर्दशक प्रतिमा शर्मा,रामनगर टेालविकास संस्थाका अध्यक्ष सेतिराम विक,उपाध्यक्ष आजाद खड्का र तालिमका सहभागी पुजना पुन ,राजेश परियार र बेदबहादुर घर्ती मगरले मन्तव्य व्यक्त गरेका थिए ।
३० अपाङ्गता भएका व्यक्ती र अभिभावकको सहभागीता रहेकेा तालिमकेा प्रशिक्षण टिका कुमारी गैातमले गरेकी थिईन् भने देाभाषे स्मृति येागीले गरेकी थिईन् । उक्त तालिम समापन कार्यक्रमको सञ्चालन संस्थाका सचिव बसन्ती अेालीले गरेकी थिईन् ।